आज १३ सय बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, कार्तिक २५ ।  आज (शुक्रबार) सुनको मूल्य एक हजार ३ सय रुपैयाँले बढेको छ। तोलामा आज सुन ९६ हजार ७ सय रुपैयाँ पुगेको छ। हिजो (बिहीबार) तोलाको ९५ हजार ४ सय रुपैयाँ थियो।

यस्तै तेजावी सुनको मूल्य पनि अघिल्लो दिनको मूल्यमा १३ सय रुपैयाँले नै बढ्दै ९६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्