आजदेखि धनगढीमा चैतन्य एकेडेमीको पाँच दिने निःशुल्क लोकसेवा शिविर

धनगढी । चैतन्य एकेडेमीले धनगढीमा पाँच दिने निःशुल्क बहुआयामिक लोकसेवा शिविर सञ्चालन गर्ने भएको छ । यही कार्तिक २६ गतेदेखि ३० गतेसम्म शिविरको आयोजना गरिने एकेडेमीले जनाएको हो ।

काठमाडौंमा विगत १० वर्षदेखि गुणस्तरीय रूपमा विभिन्न सरकारी सेवाका तयारी कक्षा सञ्चालन गर्दै आएको एकेडेमीले धनगढीमा शाखा विस्तार गरेसँगै शिविरको आयोजना गरेको छ ।

लोकसेवाका साथै विभिन्न सरकारी सेवाका बारेमा जानकारी दिन पाँच दिने शिविरको आयोजना गरिएको एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले बताए । ’हामीले लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरूलाई विभिन्न सरकारी सेवाका बारेमा जानकारी दिन यो शिविरको आयोजना गरेका हौं।

शिविरमा विज्ञ प्रशिक्षकहरूले विद्यार्थीहरूलाई विविध पक्षमा जानकारी दिनुहुने छ,’ जोशीले भने । उनले पाँच दिन बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी साढे ४ः३० बजेदेखि साढे ६ः३० बजेसम्म अभिमूखि करण शिविर सञ्चालन हुने बताए ।

लोकसेवा आयोग, शिक्षक सेवा आयोग, बैंकिङ्ग, स्वास्थ्य सेवा, सुरक्षा सेवा,संस्थान एवम् सम्पूर्ण प्रतिस्पर्धात्मक गुणस्तरीय तयारीका लागि चैतन्यले धनगढीमा शाखा विस्तार गरेको जोशीले बताए । सुदूरपश्चिमबाट संघीय राजधानी काठमाडौं आएर तयारी गर्न निकै महँगो हुने भएकाले धनगढीमै रहेर विद्यार्थीहरूले गुणस्तीय तयारी कक्षा लिन पाउन भन्ने उदेश्यले शाखा विस्तार गरिएको उनले बताए ।

जोशीले काठमाडौंबाट नै विज्ञ प्रशिक्षक लगेर धनगढीमा कक्षा सञ्चालन गरिरहेको जानकारी दिए । उनले भौतिक रूपमा कक्षा लिन नसक्नेहरूका लागि अनलाइन सेवाको समेत सुविधा रहेको बताए । ’सुदूपश्चिम मेरो जन्मभूमि हो । यहाँको सेवाका लागि हामीले केही गर्नुपर्छ । सोही उद्देश्य अनुरुप हामीले धनगढीमै लोकसेवाको तयारी गर्ने विद्यार्थीहरूको सहजताका लागि एकेडेमीको शाखा विस्तार गरेका हौं,’ उनी भन्छन् ।

एकेडेमीको धनगढी शाखामा कार्यरत कर्मचारी योगेश फुलाराले गाउँघरमै विज्ञ प्रशिक्षकबाट गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउँदा विद्यार्थीहरू खुसी रहेको बताए । ’विद्यार्थीहरू सन्तुष्ट हुनुहुन्छ । चैतन्य काठमाडौंमा ख्याति प्राप्त संस्था हो । हामीसँग विगत लामो समयदेखि जोडिनु भएका प्रशिक्षकहरू अहिले धनगढीमै उपलब्ध हुनुहुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्