कलाकार बबिता र शंकरबीच सम्बन्धविच्छेद

काठमाडौं, कार्तिक २४ । नेपाली सांगीतिक लोकदोहोरी क्षेत्रका कलाकार बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद भएको छ।

काठमाडौँ जिल्ला अदालत पुगेर बिहीबार औपचारिक रुपमै यी जोडीले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन्।

सम्बन्धविच्छेदलाई सहमतिमै टुंग्याएको गायिका बबिताले सामाजिक सञ्जालमाफत् बताएकी छन्। बबिता र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो। सम्बन्धविच्छेदलाई औपचारिक रुप दिएपछि गायक शंकर क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बएका छन्   ।

बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ । शंकरले भने, ‘सम्बन्ध टुंग्याउन मन त थिएन, तर वैचारिक मत भिन्नता भएपछि सँगै पनि बस्न सकिएन । सहमतिमै सम्बन्ध टुंगायौं ।’

प्रतिक्रिया दिनुहोस्