१४ सयले बढ्यो आज सुनको भाउ, कति पुग्यो ?
काठमाडौं, कार्तिक २० । नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला १४ सय रुपैयाँले बढेको छ।
यससँगै छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा पुगेको छ भने तोजावी सुनको भाउ पनि ९४ हजार रुपैयाँ पुगेको छ।
त्यस्तै चाँदीको भाउ पनि शुक्रबारको तुलनामा प्रतितोला ५० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२७५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्