तीन दिनसम्म  लगातार बढेको नेप्से आज दोहोरो अङ्कले घट्यो

काठमाण्डौ, कार्तिक १७ । लगातार तीन दिनसम्म बढेको शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय २२ दशमलव १६ विन्दुमा झरेको छ ।

बीमा समूहबाहेक सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार घटेसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय २० वटा कम्पनीको २७ लाख ६७ हजार कित्ता शेयर ८९ करोड ८९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एभरेस्ट बैंकको चार करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज विन नेपाल लघुवित्त, मन्दाकिनी हाइड्रो, मैलुङखोला जलविद्युत् र ग्लोबल आईएमई ब्यालेन्स फन्डको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज युनिलिभर नेपालको शेयर साढे ६ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्