यी ५ अवस्थामा झुक्किएर पनि नखानुस् केरा, जसले  निम्त्याउछ ठूलो समस्या 

काठमाडौं । केरा स्वास्थ्यका लागि निकै फाइदाजनक फलफूल हो। दैनिक एउटा केरा खानसकेको खण्डमा स्वास्थ्यमा निकै फाइदा हुन्छ।

केरामा पोसेसियम, म्याग्नेसियम, भिटामिन बी-६ लगायत हुन्छ। तर, केही यस्तो अवस्थामा केरा खानुहुँदैन, जसले ठूलो समस्या निम्त्याउन सक्छ।

केरामा बढी मात्रामा सुगर, कार्बोहाइड्रेड, क्यालोरी पाइन्छ। यसले गर्दा शरीरमा मोटोपन बढ्न सक्छ । धेरै मात्रामा केरा खादा मोटाइने समस्या बढ्ने केरामा पोटासियम बढी मात्रामा हुन्छ।

यसले गर्दा असामान्य रूपमा मुटुको धड्कन बढ्न सक्छ। यसले एन्जाइटीजस्तो समस्या पनि निम्त्याउन सक्छ । मानिसमा एन्जाइटी भयो भने निद्रा नलाग्ने, डर लाग्ने आदि लक्षण देखिन्छ।

केरामा पाइने थायमिन नामक तत्वले माइग्रेन र टाउको दुख्ने समस्या बढ्न सक्छ। केरामा भिटामिन बी-६ हुन्छ। यसले स्नायु प्रणालीलाई असर गर्न सक्छ।

केरामा गुलियोको मात्रा निकै बढी हुन्छ। यसले सुगर हुने सम्भावना बढ्छ भने यो रोग भएकाहरूको लेभल बढ्न सक्छ। त्यसैले यस्ता समस्या छ भने केराबाट टाढा रहनुपर्छ।

प्रतिक्रिया दिनुहोस्