इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट
काठमाडौं, कार्तिक १७ । इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज आइपीओ बाँडफाँट भएको हो।
यसमा कुल ६२ हजार ५१९ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । आइपीओमा कुल १३ लाख ५८ हजार २२० जनाले आवेदन दिएकामा १ हजार ९९६ जनाको आवेदन रद्द भएको थियो ।
इस्टर्नले असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म कुल ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्