७ दिनमै बैंकहरुको निक्षेप १७ अर्बले घट्यो
काठमाडौं, कार्तिक १६ । एक हप्तामा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकको निक्षेपमा १७ अर्ब रुपैयाँभन्दा बढीले गिरावट आएको छ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेपक घटेको हो।
संघका अनुसार कात्तिक ४ गतेसम्म ४५ खर्ब ४० अर्ब ९० करोड रुपैयाँ निक्षेप र ११ गतेसम्म आइपुग्दा ४५ खर्ब २३ अर्ब ७७ करोड रुपैयाँमा आइपुगेको छ।
तर कर्जा प्रवाह भने केही वृद्धि भएको छ। एक हप्ता अवधिमा ५६ करोड रुपैयाँ कर्जा प्रवाह बढेको छ।
कात्तिक ४ गतेसम्म ४२ खर्ब २४ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा ११ गतेसम्म आइपुग्दा ५६ करोड रुपैयाँले बढेर ४२ खर्ब २५ अर्ब ४१ करोड रुपैयाँ पुगेको देखिएको हो।
प्रतिक्रिया दिनुहोस्