इस्टर्न हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट हुने

काठमाडौं, कार्तिक १५ । इस्टर्न हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट हुने भएको छ ।

शुक्रबार भित्रै कम्पनीको शेयर बाँडफाँट गर्ने तयारी भएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।इस्टर्न हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ ।

यसमा मागभन्दा २५।२१ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ६२ हजार ३२८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ३१ हजार जनाको भने हात खाली हुनेछ ।

यो आइपीओमा १३ लाख ९४ हजार ३२६ जनाले १ करोड ५७ लाख १८ हजार ४७० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म कुल ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्