अर्थमन्त्री शर्मासँग अमेरिकी राजदूतको भेट, द्विपक्षीय सहयोगबारे भयो छलफल
काठमाडौं, कार्तिक १५ । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन्।
अर्थ मन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सहयोग र हितबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
मन्त्री शर्माले नेपालमा रहँदा सफल र सुखद् कार्यकालका लागि नवनियुक्त राजदूत थम्प्सनलाई शुभकामना दिएका थिए।
प्रतिक्रिया दिनुहोस्