दोहोरो अंकले बढ्यो आज शेयर बजार
काठमाडौं, कार्तिक ६ । पछिल्लो समय लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से आज भने दोहोरो अंकले बढेको छ ।
आज नेप्से १४ दशमलव ३५ अंकले बढेर एक हजार आठ सय ५८ दशमलव ४९ अंकमा पुगेको छ ।
आज होटल तथा पर्यटन र म्यूचुअल फण्ड बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अंकले बढेको छ ।
दुई सय २१ वटा कम्पनीका १५ लाख ३८ हजार कित्ता शेयर ५१ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एभरेष्ट बैंकको पाँच करोड १६ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज रुरु जलविद्युत् आयोजना र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि सिटिजन म्यूचुअल फण्ड टू को शेयर नौ प्रतिशत भन्दा धेरैले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्