आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, कार्तिक ३ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा सामान्य गिरावट आएको जानकारी दिएको छ । महासंघले आजको भाउ तोक्दै हिजो बुधबारको तुलनामा १०० रुपैयाँले मूल्य घटेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९३ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ तोकिएको थियो ।

हिजो बुधबार पनि सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको थियो । मंगलबारको तुलनामा ९३ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ९०० रुपैयाँ थियो । आज पनि मूल्य घटेसँगै लगातार दोस्रो दिन समेत मूल्य घटेको हो ।

यस्तै, चाँदीको मूल्यमा समेत लगातार दोस्रो दिन गिरावट आएको छ । आज तोलामा ५ रुपैयाँले घटेको चाँदी हिजो पनि सोही रकम गिरावट आएको थियो । आज चाँदीको मूल्य तोलामा ११ सय ७० रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्