घट्यो सुन र चाँदीको भाउ, आज कतिमा हुँदेछ कारोबार ?

काठमाडौं, कार्तिक २ । नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा सामान्य गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार २ सय रुपैयाँमा झरेको छ।

त्यस्तै तेजावी सुनको भाउ ९२ हजार ७ सय रुपैयाँमा झरेको छ।

बुधबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११७५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्