देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ए खुवाइँदै
काठमाडौं, कार्तिक २ । सरकारले आज (बुधबार) र भोलि (बिहीबार) आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ए खुवाउँदै छ।
६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो।
बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइनेछ। भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि
सन् २००१ देखि खुवाउन थालिएको हो। वर्षमा दुईपटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ।
प्रतिक्रिया दिनुहोस्