सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं, असोज ३१ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ ।

आइतबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार आठ सय रुपैयाँ रहेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आइतबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्