दशैंको महिना असोजमा बैंक निक्षेप २५ अर्बले बढ्यो, साप्ताहिक निक्षेप भने ओरालोतर्फ

काठमाडौं, असोज २७ ।  दशैंको महिना असोज २१ सम्ममा वाणिज्य बैंकहरूमा २५ अर्ब रुपैयाँले निक्षेप बढेको छ ।

असोज मसान्तमा बैंकहरूमा ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको निक्षेप बढेर अहिले ४५ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकहरूमा भदौको तुलनामा दशैंको महिना असोज तेस्रो सातासम्म निक्षेप बढेको देखिएपनि साप्ताहिक तथ्यांकमा भने निक्षेप ओरालो लाग्न थालेको छ ।

भदौ मसान्तबाट असोज दोस्रो सातासम्म निक्षेप बढेको देखिएपछि तेस्रो साताबाट भने घट्न थालेको छ ।

अघिल्लो साता ४५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको निक्षेप एकै सातामा ८ अर्ब रुपैयाँले घटेर ४५ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ ।

भदौको तुलनामा असोज तेस्रो सातासम्ममा बैंकहरूको कर्जा प्रवाह भने जम्मा ३ अर्ब रुपैयाँले मात्रै बढेको छ ।

अघिल्लो साताको तुलनामा यस्तो कर्जा लगानी ४ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ९३ अर्बमा सीमित भएको पनि नेपाल बैंकर्स संघले जारी गरेको पछिल्लो तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्