विश्व मानसिक स्वास्थ्य दिवस २०२२ : हरेक ८ मा १ जनालाई मानसिक स्वास्थ्य समस्या
काठमाडौं, असोज २६ । हरेक वर्ष जस्तै यो वर्ष पनि विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको छ । अक्टोबर १० ! यो दिनलाई हरेक वर्षको रूपमा मनाइने गरिन्छ ।
विश्व मानसिक स्वास्थ्य दिवस यस वर्ष नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा संघ, प्रदेश तथा पालिकास्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको हो ।
हरेक वर्ष अक्टोबवर १० का दिनमा मनाईने यो दिवस यसवर्ष नेपालमा ‘हाम्रो राष्ट्रिय प्राथमिकता : सबैका निम्ति मानसिक सुस्वास्थ्यको व्यवस्था’ भन्ने मूल नाराकासाथ मनाइएको छ ।
मानसिक सुस्वास्थ्यमा सर्वब्यापी पहुँचलाई उच्चस्तरीय प्राथमिकता दिनुपर्ने मान्यताका साथ विश्वभरी नै विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइएको छ ।
हरेक वर्ष अक्टोबवर १० का दिनमा मनाईने यो दिवस यसवर्ष नेपालमा ‘हाम्रो राष्ट्रिय प्राथमिकता : सबैका निम्ति मानसिक सुस्वास्थ्यको व्यवस्था’ भन्ने मूल नाराकासाथ मानसिक सुस्वास्थ्यमा सर्वब्यापी पहुँचलाई उच्चस्तरीय प्राथमिकता दिनुपर्ने मान्यताका साथ विश्वभरी नै विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको मन्त्रालयलले जनाएको छ ।
यसैबीच नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज काठमाडौंमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । आज भएको अन्र्तक्रिया कार्यक्रमा स्वास्थ्य विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहले सबैको पहुँचमा मानसिक स्वास्थ्य हुनुपर्ने स्पष्ट पार्दै मानसिक स्वास्थ्यकोे उपचार हुन्छ र निको हुन्छ भन्ने जनविश्वास फैलाउन सके मात्र पनि मानसकि स्वास्थ्यका बिरामीहरुको कमी हुने बताए । उनले मानसिक बिरामीको पहिचान सँगै सामाधान गर्न हौसला प्रदान गर्नु महत्वपुर्ण हुने औंल्याए ।
यस्तै कार्यक्रममा इपिडेमीयोलोजी तथा रोग नियन्त्रणका निर्देशक डा चुमनलाल दासले लागु औषध दुव्ब्र्यसनका कारण यस्तो हुने बताउँदै यसको नियन्त्रणमा ध्यान दिन जरुरी रहेको उल्लेख गरे । मानसिक स्वास्थ्य रहन यस्ता कुराहरुबाट टाढै रहनु पर्ने उनको भनाइ रहेको छ ।
विश्व मानसिक स्वास्थ्य दिवस २०७९ नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विगत वर्षमा थालनी गरिएको नेपाल मानसिक सुस्वास्थ्य अभियान २०७८ कै निरन्तरताको रुपमा सञ्चालन गरिएको छ ।
यो सचेतना अभियानले मानसिक स्वास्थ्यको विषयमा समुदायमा विद्यमान अन्धविश्वास, भ्रम, कुुरीति, कलङ्क र सामाजिक दुब्र्यवहारको दुष्चक्रलाई तोड्दै तथ्यमा आधारित मानसिक स्वास्थ्यका विषयमा आमधारणा विकास गर्ने विश्वास लीएको छ ।
जसको माध्यमबाट मानसिक स्वास्थ्यको प्रर्वधन, मानसिक रोगको रोकथाम, समयमा पहिचान, उपचार तथा उचित ब्यवस्थापन र समुदायमा पुर्नस्थापनाको माध्यमबाट मानसिक स्वास्थ्य र मानसिक रोगको उचित सम्बवोधन हुनाका साथै अतिरिक्त मानसिक स्वास्थ्यमा सर्वव्ब्यापी पहुँचलाई राष्ट्रिय प्राथमिकता प्राप्त हुने अपेक्षा पनि लिएको छ ।
विश्व स्वास्थ्य संगठनले जुन २०२२ मा प्रकाशित गरेको तथ्य अनुसार विश्वमा हरेक ८ जनामा १ जनालाई मानसिक स्वास्थ्य समस्या हुने गरेको पाइएको उल्लेख गरिएको छ ।
मानसिक स्वास्थ्य समस्या र लागु औषध दुव्ब्र्यसनका कारण विश्वमा हरेक ५ मध्ये १ अपाङ्गता सहितको जीवन वर्ष बाँच्नु परेको छ र यो अवस्था नेपाल लगायतका न्यून तथा मध्य आयस्तर भएका देशहरुमा अझै बढि छ ।
नेपालको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०७७ का अनुसार १३ देखि १७ वर्षका ५.२% किशोरकिशोरीहरु र सो माथिको उमेर समूहका १०% ब्यक्तिहरुले आफ्नो जीवनकालको कुनै पनि समयमा मानसिक स्वास्थ्य समस्या भोगेका हुन्छन् ।
यसको परिणामस्वरुप ६.५% वयस्कहरुले तत्कालीन अवस्थामा आत्महत्याको सोच रहेको अनुभव गरेका छन् । नेपाल प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा हरेकदिन औषत १८ जना ब्यक्तिले आत्महत्या गरी जम्मा ६८३० वटा आत्महत्या सम्बवन्धिी घटना दर्ता भएका छन् ।
विश्वभरमा हरेक वर्ष आत्महत्याका कारण ७ लाख भन्दा बढिी मानिसहरुको मृत्युू हुनेगरेको छ अवस्था, जुन एच.आई.भी. तथाएण्ड एड्स, मलेरिया वा महिलाको स्तन क्यान्सर वा युद्ध र हत्याका कारण हुने मृत्युका घटना भन्दा ज्यादा छ। अधिकांश आत्महत्याका पछाडि मानसिक रोग प्रमुख कारणका रुपमा रहने भएकाले, यसले कमजोर मानसिक स्वास्थ्यको अवस्थालाई प्रमाणित गर्दछ ।
नेपाल सरकारले गत वर्ष देश भरका १३ सरकारी अस्पतालमा १० शैयाका दरले जम्मा १३० शैयाको अन्तरङ्ग मानसिक स्वास्थ्य सेवा विस्तार गरेको छ । अशक्त, असहाय र बेवारिसे मानसिक स्वास्थ्य समस्या भएका बेवारिसे व्ब्यक्तिहरुको उपचार तथा पुर्नस्थापनाको लागि नीजि तथा गैर सरकारी संस्थाहरुसँग साझेदारी गरिएको छ ।
नेपाल सरकारले विभिन्न विकास साझेदार संस्थाहरु तथा गैरसरकारी संस्थाहरुसँगको सहकार्यमा मानसिक स्वास्थ्य सम्बवन्धिी सचेतनाका साथसाथै समुदायस्तरमा मानसिक स्वास्थ्य समस्याको पहिचान तथा प्रारम्भिक व्ब्यवस्थापनका लागि स्वास्थ्यकर्मीहरुको क्षमता अभिवबृद्धि तालिम मार्फत आधारभूत मानसिक स्वास्थ्य सेवालाई प्राथमिक स्वास्थ्य सेवासँग एकीकृत गर्ने प्रयास गरेकोे छ ।
कोभिड–१९ को विश्वव्ब्यापी महामारी र यसले पारेको तत्कालीन तथा दीर्घकालीन बहुआयमिक प्रभावका कारण मानसिक स्वास्थ्य सेवाको आवश्यकता झन् बढाएको छ ।मानसिक स्वास्थ्य सेवामा पहुँचको अभाव, सेवाको सुलभता र समुदायमा ब्याप्त भ्रम तथा अन्धविश्वास र कलङ्कका कारण समयमानै उपचार पाउनबाट धेरै वबञ्चित रहेका छन् ।
त्यसैले नेपालमा ४ मध्ये ३ वयस्कले मानसिक स्वास्थ्य समस्याको उपचारको खोजीनै नगरेको पाइएको छगर्दैनन् । आपतकालीन अवस्थाहरु (जस्तै कोभिड–१९, भूकम्प वा बाढी पहिरो जस्ता विपदको समयमा) ले समुदायलाई मात्र नभईस्वास्थ्य सेवा प्रणालीलाईनै भार थप्ने गर्दछन् ।
नेपालमा गुणस्तरीय मानसिक स्वास्थ्य सेवामा नागरिकहरुको पहुँच तुलनात्मक रुपमा बढ्दै गएको छ तर गुणात्मक फड्को मार्न सवै पक्षहरु विबीच सहकार्य, समन्वय र सहभागिता अझै बढाउनु जरुरी छ । सन् २०२१ मा विश्व स्वास्थ्य संगठनले तयार पारेको विस्तृत मानसिक स्वास्थ्य कार्ययोजना २०१३–२०३० लाई आत्मसाथ गर्दै नेपाल सरकार गुणस्तरीय सर्वसुलभ सेवा विबस्तारका लागि प्रतिबवद्ध रहेको जनाएको छ ।
नेपाल सरकारले स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा नसर्ने रोगहरु तथा मानसिक स्वास्थ्य शाखा स्थापना गरेर मानसिक स्वास्थ्य सेवामा आफ्नो राजनैतिक प्रतिबवद्धता प्रष्ट पारेको छ । जनस्वास्थ्य सेवा ऐन २०७५ माको आधारभूत स्वास्थ्य सेवामा मानसिक स्वास्थ्य सेवालाई समेत समावेश गरिएको छ ।
त्यस्तैजनस्वास्थ्य सेवा नियमावलीमा आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा मानसिक स्वास्थ्य सेवालाई पनि समावेश गरिएको छ । यसलाई कार्यान्वयन गर्नका लागि आकस्मिक स्वास्थ्य सेवामा गुणस्तरीय उपचार पद्धति तथा आधारभूत स्वास्थ्य सेवामा गुणस्तरीय उपचार पद्धति स्विीकृत गरी लागूु गरेको छ ।
राष्ट्रिय स्वास्थ्य नीति २०७६ को दफा ६.१७.५ मा स्वास्थ्य सेवा प्रणालीमा मानसिक स्वास्थ्य सेवालाई एकीकृत गरी विस्तार गर्ने रणनीति लिएको छ । यस्तै अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्बवन्धिी ऐन २०७४ ले मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गता भएका व्ब्यक्तिहरुको अतिरिक्त सेवाको प्रत्याभूति समेत गरेको छ ।
सरकारले विस्तारै मानसिक स्वास्थ्यका क्षेत्रमा बहुपक्षीय सहभागिता र राज्यको प्राथमिकता वबृद्धि गर्दै राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७स्विीकृत गरिी कार्यान्वयन गर्न शुरु गरेको छ ।
यसले सामुदायिक मानसिक स्वास्थ्य स्याहार प्याकेज २०७४ को कार्यान्वयन मार्फत मानसिक स्वास्थ्य सेवालाई प्राथमिक स्वास्थ्य सेवामा एकीकृत गरी विस्तार गर्ने लक्ष्य लिएको छ साथै जनस्वास्थ्य सेवाका हरेक तहमा मानसिक स्वास्थ्य सेवालाई एकीकृत गर्दै लगिएको छ ।
यस्तै द्धितिीय तथा सो भन्दा माथिका अस्पतालमा विशेषज्ञ मानसिक स्वास्थ्य सेवाको प्रावधान राखेको छ । सो सेवाको लागि स्वास्थ्य बिवमा र टेलिमेडिसिनको अवधारणाको सहयोग लिने नीति लिएको छ ।
हालको अवस्थामा प्राथमिक स्वास्थ्य सेवाको दुर प्रविधिबाट अनुगमन र सुपरीवेक्षणका लागि टेलिमेडिसिन सेवालाई प्रयोग गरिएको छ ।समुदायस्तरमा गठन हुने मानसिक स्वास्थ्य स्वाबवलम्बवन समूह (सेवाग्राही समूह), मानसिक स्वास्थ्य सम्बवन्धिी क्षमता विकास, सामाजिक विभेद र कलङ्क घटाउन गरिने प्रयासमा उनीहरुको सहभागिता बढाउने रणनीति रहेका छन् ।
नेपाल सरकारले तीनै तहको सरकार र सम्बवद्ध सबवै पक्षको सहभागितामा नेपाल मानसिक सुस्वास्थ्य अभियान २०७९सञ्चालन गरेको छ । यो सचेतना अभियानमा सबैपक्षको साथ सहयोग र सहकार्य बृद्धि गरी सम्पूर्ण जनताहरुको मानसिक सुस्वास्थ्यको व्ब्यवस्था कायम गर्नको लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हार्दिक अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्