शेयर बजारमा हरियाली , ११ अङ्कले बढ्यो

काठमाडौं, असोज २६ । अस्ति सोमवार र हिजो मङ्गलवार दोहोरो अङ्कले घटेको शेयर बजार आज बुधवार भने बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ३२ विन्दुले बढेर एक हजार आठ सय ६६ दशमलव ४८ विन्दुमा पुगेको छ ।

आज व्यापार र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ ।

दुई सय २२ वटा कम्पनीको २० लाख ८५ हजार कित्ता शेयर ६९ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको दुई करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज अभियान लघुवित्तको शेयर १० प्रतिशत तथा प्रोग्रेसिभ फाइनान्स र माहुली लघुवित्तको शेयर साढे पाँच प्रतिशतले बढेको छ । एभरेस्ट बैंकको प्रमोटर शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्