सुनको मूल्य बढ्यो, चाँदी घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, असोज २६ । साताको चौथो दिन आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य बुधबार १५ रुपैयाँले घटेर १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्