डेंगी नियन्त्रणमा सरकारले काम गर्न सकेन : महामन्त्री थापा

काठमाडौँ , असोज १४ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डेंगी नियन्त्रणमा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

काठमाडौं- ४ मा भएको पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले यसतो बताएका हुन् । सरकारले डेंगी नियन्त्रणमा जसरी काम गर्नुपर्ने थियो त्यसरी नगरेको र जिम्मेवारी पूरा नगरेकोमा असन्तुष्टि जनाएका हुन् ।

कोभिड-१९ नियन्त्रण गर्न नसकेको भन्दै ओली नेतृत्वको सरकारलाई दोष लगाएको तर आफ्नै सरकार हुँदा पनि डेंगी नियन्त्रण गर्न नसकेको आरोप लगाएका हुन् ।

‘सरकारले डेंगी नियन्त्रणमा काम गर्न सकेन । हिजो कोभिड-१९ को बेलामा ओली सरकारले काम गरेन भन्यौं । अहिले हाम्रै पार्टीको सरकार छ तर यसले पनि काम गर्न सकेको छैन ’ उनले भने ।

सरकारको काम‍ चित्तबुझ्दो नभएको भन्दै उनले आपत्कालीन बैठक बसेर देशभरका सरकार बसेर अस्पताललाई डेंगी कसरी हटाउने भनेर काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्