टेलिकमको संविधान दिवस अफर, ४९ रुपैयाँमा दिनभर डेटा र भ्वाइस कल सुविधा

काठमाडौं, असोज २ । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा नयाँ अफर ल्याएको छ । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुनेछ ।

अफर अन्तर्गत तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक रु। ९८ मा खरिद गर्न सकिने छ ।

त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डेटा र अन(नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक रु। ४९ मा उपलब्ध हुनेछ ।

यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डेटा प्याक रु। २९४ मा खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु। ९८ मा खरिद गर्न सकिने छ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु। ४९ मा उपलब्ध हुनेछ ।

यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा रु। २९४ मा खरिद गर्न सकिने छ । असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट स्टार१४१५स्टार११ह्यास डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ ।

यस अफरबाट ग्राहकहरुले लाभ लिनुहुने अपेक्षा कम्पनीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्