नेप्सेमा ३४ अंकको गिरावट

काठमाडौं, असोज २ ।  आइतबार सेयर बजार परिसूचक नेप्सेमा झण्डै ३४ अंकको गिरावट आएको छ ।

केही दिनयता लगातार ओरालो यात्रामा रहेको नेप्सेमा यस दिन ३३.९७ अंकले गिरावट आउँदै १८७६.४१ विन्दुमा झरेको हो ।

आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ६.०४ अंकले घट्दै ३६५.८६ विन्दुमा ओर्लिएको छ ।

३४ अंकले घटेको बजारमा आज १ अर्ब ६० करोड १८ लाख रुपैयाँ बराबरको ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर कारोबार भएको छ ।

१३ वटा उपसूचक नै ऋणात्मक भएको बजारमा आज सबैभन्दा बढी ट्रेडिङ समूहको उपसूचक ३.२४ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक ३.०९ प्रतिशतले घट्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्