लगातार घटिरहेको नेप्सेमा बुधबार ठुलो वृद्धि , ४७ अंकले बढ्यो

काठमाडौं, भदौ २९ ।  बुधबार सेयर बजार ४७.४४ अंकले बढेको छ । लगातार घटिरहेको नेप्सेमा बुधबार ठुलो वृद्धि देखिएको हो । आज नेप्से ४७.४४ अंकले बढेर बजार १९८१.४८ बिन्दुमा पुगेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ९.१९ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ३.६१ र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.२० अंकले बढेको छ ।

त्यसैगरी आज २२७ कम्पनिको ४६ लाख १८ हजार ५१६ कित्ता शेयर कारोबार हुदा कुल एक अर्ब ४५ करोड ३८ लाखको कारोबार भएको छ ।

त्यसैगरी आज ग्रीन डेभलपमेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एनआइसी एशिया फ्लेक्सी क्याप फण्डमा नकरात्मक सर्किट लागेको छ ।

आज कारोबार भएका कम्पनिहरुमा नविल बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको आज ६ करोड ५१ लाखको कारोबार भएको छ भने गोर्खा फाइनान्सको ४ करोड ५७ लाखभन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्