भारतका विभिन्न स्थनहरुमा गौरा तथा तीज विशेष कार्यक्रम सम्पन्न !

काठमाडौं, भदौ २० । दुईवर्षको अन्तरालपछि भारतका विभिन्न स्थानहरुमा गौरा तथा तीज विशेष कार्यक्रम सम्पन्न गरिएका छन । हरितालिका तीज तथा गौरा पर्वको अवसरमा हरेक वर्ष आयोजना गरिने कार्यक्रम कोरोना महामारीका कारण आयोजना गर्न सकिएको थिएन ।

दुई बर्षपछि मात्रै यस बर्ष भने विभिन्न नेपालि सङ्घसंस्थाको अगुवाइमा कार्यक्रम आयोजना गरिएका हुन । सुदूरपश्चिम प्रदेश घर भइ रोजगारीको शिलशिलामा भारतका बिभिन्न स्थानमा रहेका नेपालीहरुद्वारा गठित सुदूरपश्चिमेली समाज भारतले आफ्नो भाषा, कला र सँस्कृतिको संरक्षणका लागि हरेक बर्ष कार्यक्रम गर्दै आएका छन । कोरोना महामारीमा घरभित्रै थुनिएर रहेका नेपालिहरु परदेशका विभिन्न ठाउमा आयोजना गरिएका यसपटकको कार्यक्रममा भने निकै हर्षका साथ रमाईरहेका छन ।
यसैबिच यता प्रवासि नेपालि समाज भारत मुंबई घाटकोपरमा पनि आईतबार तिज बिशेष कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रवेश नि:शुल्क रहेको कार्यक्रममा नेपालि महिला ,बालबालिका तथा पुरुषहरुको उल्लेखिए रुपमा सहभागिता रहेको थियो । कार्यक्रममा देउडा गायक लालु रैकालको बेजोड प्रस्तुति रहेको थियो । गायक रैकालले देउडा गित गाउन सुरुवात गरे लगत्तै दर्शकहरुले हलभित्र देउडा खेल खेलेरै मनोरञ्जन लिएका थिए । साथै स्थानीय कलाकारहरू तथा उपस्थित सम्पुर्णले तीजका गितहरुमा एकल तथा सामूहिक नृत्य समेत प्रस्तुत् गरेका थिए ।

भारतको विभिन्न सहरमा बसोवास, तथा रोजगारीको सिलसिलामा रहेका नेपालिहरूको हक हित ,मेलमिलाप, भाईचारा एकता सदभाव राख्नका लागि संस्था सधै लागिपरेको संस्थाका सदस्य उत्तम सिंको भनाई छ । आगामी दिनमा पनि कला र संस्कृतिको जर्गेनाका लागि अाफुहरूले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइरहने संस्थाका अर्का सदस्य शंकर बिश्वकर्माले बताए ।

प्रवासि नेपालि समाजका अध्यक्ष प्रेम धामिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अथितिमा लाल जगत रहेका थिए । समाजसेवि ओम सुनारले स्वागत मन्तव्य राखेकाे कार्यक्रमको संचालन रमेश मिलनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्