नेप्सेमा ६ अंकको वृद्धि, कारोबार कति ?

काठमाडौं, भदौ १९ । सेयर बजारमा आज सामान्य सुधार भएको छ ।

साताका पहिलो कारोबार दिन आइतबार ६.६८ प्रतिशतले सेयर बजार वृद्धि भएको हो ।

आज कुल २८ लाख ७८ हजार दुई सय ८८ कित्ता कारोबार हुँदै एक अर्ब ७१ करोड ६१ लाख पाँच हजार नौ सय २२ रुपैयाँको कारोबार भएको छ । आज १९७७ अकंमा नेप्से रोकिएको छ ।

आज होटल तथा पर्यटन र म्युचियल फण्डबाहेक सबै समूहका सेयरमा सकारात्मक संकेत देखिएको छ । ननलाईफ इन्स्युरेन्स र विकास बैंकका सेयरधनीहरू नाफामा रहे ।

प्रतिक्रिया दिनुहोस्