लगातार ओरालोतिर नेप्से : ६९ करोडको सेयर कारोबार

काठमाडौं, भदौ १७ ।  सेयर कारोबारको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक १.६७ अंकले ओरालो लागेको छ। ६९ करोडको सेयर कारोबार भएको छ।

लगानीकर्ताका लागि यो साता दु:खद रह्यो।साताको सुरुदेखि घटेको बजार शुक्रबारसम्म कायमै रह्यो। कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ३३.३६ अंकले ओरालो लागेको थियो।

आज नेप्से १.६७ अंकले घटेर १९७०.६२ विन्दुमा झरेको छ।

यसदिन २१९ कम्पनीको १८ लाख १ हजार २७३ कित्ता सेयर ६९ करोड ८८ लाख ५ हजार ९५१ रुपैयाँमा खरिदबिक्री भयो।

ओरालो लागेको बजारमा दुई कम्पनीको मूल्य ९ प्रतिशत बढिले बढेको छ। सर्पोर्ट लघुवित्त र रु रु जलविद्युत परियोजनाको मूल्य ९ प्रतिशत बढिले बढेको हो।

नेपाल दूरसंचार कम्पनीको १० करोड मूल्य बराबरको सेयर कारोबार भयो।
यसदिन ३ समूहको सूचक बढ्दा १० को घट्यो।

प्रतिक्रिया दिनुहोस्