आज पनि घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ , भदौ १६ । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन प्रतितोला ९ सयले घटेको हो ।

घटेको मूल्यअनुसार छापावाल सुन आज प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला ९३ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ११ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ११ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्