पल शाहको मुद्दा फैसलामा किन ढिलाई भइरहेको छ ?

पार्वती पाठक , काठमाडौं, भदौ १६ । पछिल्लो समय नायक पल शाहको मुद्दामाथिको सुनुवाइ पटक पटक स्थगित हुने गरेको छ । नाबालिग गायिकालाई बलात्कार अभियोगमा कारागारमा रहेका शाहविरुद्धको मुद्दाको पेशी तोकीए पनि सुनुवाइ भने हुनसकेको छैन ।

तनहुँ जिल्ला अदालतमा बुधबारका लागि पेशी तोकिएको थियो । तर सुनुवाइ हुन सकेन् । थुनामा रहेका अभिनेता शाहको मुद्दा न्यायाधीश दलबहादुर केसीको इजलासमा परेको थियो ।तर न्यायाधीश केसी अनुपस्थित भएकाले सुनुवाइ हुन नसकेको हो । शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् ।

शाहविरुद्धको मुद्दाको अन्तिम फैसलाका लागि तनहुँ अदालतमा बुधबारदेखि सुनुवाइ सुरु हुने समचार बाहिरिएका थिए । उता नवलपुर अदालतमा भने ८ गतेका लागि तोकिएको पेशी स्थगित गरेर आगामी भदौ २१ सम्मलाई सारिएको छ।

जिल्ला अदालतले मुद्दाको अन्तिम किनारा लगाउने क्रममा पललाई थुनामै राख्ने या रिहा गर्ने गरी फैसला सुनाउनु पर्ने हो । तर यो फैसलमा आँखीर किन ढीलाई भइहेको छ त ? सबैको मनमा यो जिज्ञासा र प्रश्न छ ।

यसरी फैसलामा ढिला हुँदा पलका दर्शक र शुभचिन्तक भने निराश भएका छन् । उनीहरुले पलललाई छीटो रिहा गर्नु पर्ने तथा फैसलमा ढिला गर्न नहुने बताएका छन् । यसो हुनुमा केहि चलखेल पनि भइरहेको उनीहरुको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्