पल शाहको मुद्दा फैसलातर्फ !
काठमाडौं, भदौ १५ । नाबालिग गायिकालाई बलात्कार अभियोगमा कारागारमा रहेका नायक पलह शाहविरुद्धको मुद्दाको पेशी तनहुँ जिल्ला अदालतमा बुधबारका लागि तोकिएको छ।
शाहविरुद्ध बलात्कार मुद्दाको पेशी जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासमा तोकिएको हो।
शाहविरुद्धको मुद्दाको अन्तिम फैसलाका लागि तनहुँ अदालतमा बुधबारदेदि सुनुवाइ सुरु हुनेछ। उता नवलपुर अदालतमा भने ८ गतेका लागि तोकिएको पेशी स्थगित गरेर आगामी भदौ २१ सम्मलाई सारिएको छ।
जिल्ला अदालतले मुद्दाको अन्तिम किनारा लगाउने क्रममा पललाई थुनामै राख्ने या रिहा गर्ने गरी फैसला सुनाउन सक्नेछ।
यता भर्खरै समाचार प्राप्त अनुसा अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा आज (बुधबार) हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।
नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दा न्यायाधीश दलबहादुर केसीको इजलासमा परेको थियो ।
तर न्यायाधीश केसी अनुपस्थित भएकाले सुनुवाइ हुन सकेन । शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् ।
तर यस मुद्दाको टुँगो भने चाडै नै लाग्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्