घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, भदौ १२ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुन प्रतितोला ७ सयले घटेर ९५ हजार १ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्