सामान्य बढ्यो शेयर बजार , डेढ अर्ब रुपैयाँको कारोबार
काठमाडौं, भदौ ८ । शेयर बजार आज बुधवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ८७ अङ्कले बढेर दुई हजार ५७ दशमलव ८५ विन्दुमा पुगेको छ ।
आज बैंक, होटल, विकास बैंक, जलविद्युत्, माइक्रो फाइनान्स, जीवन बीमा र लगानी समूहको शेयर सामान्य बढेको छ । अरू समूहको शेयर भने सामान्य घटेको छ ।
नेप्से समान्य बढेको दिन दुई सय २३ वटा कम्पनीको ३६ लाख ७८ हजार कित्ता शेयर एक अर्ब ५२ करोड ६१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण काबेली पावर कम्पनीको १६ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज मन्दाकिनी हाइड्रो र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सिद्धार्थ इक्विटी फन्डको शेयर भने सबैभन्दा धेरै साढे तीन प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्