शेयर बजार सामान्य बढ्यो, कारोबार रकम कति ?
काठमाडौं, भदौ ७ । दुई दिनसम्म लगातार घटेको शेयर बजार आज मङ्गलवार भने सामान्य बढेको छ । नेप्से आज एक दशमलव ८५ अङ्कले बढेर दुई हजार ५४ दशमलव ९८ विन्दुमा पुगेको छ ।
आज बैंक, व्यापार, जलविद्युत्, उत्पादन, जीवन बीमा र लगानी समूहको शेयर सामान्य बढेको छ । अरू समूहको शेयर भने सामान्य घटेको छ ।
यस्तै दुई सय २२ वटा कम्पनीको ४० लाख ३१ हजार कित्ता शेयर एक अर्ब ३३ करोड ३५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १४ करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज रुरु हाइड्रो पावर, मन्दाकिनी हाइड्रो र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
सिद्धार्थ इक्विटी फन्डको शेयर झन्डै सात प्रतिशत तथा एभरेस्ट बैंक, सिजिजन म्युचल फन्ड–१ र लक्ष्मी इक्वपटी फन्डको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।
यता पछिल्लो समय नेप्से घटिरहको छ । यस कारण लगानी कर्ता निराश भएका छन् । शेयर बजारमा उतारचढाव भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्