धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँट हुने मिति सर्यो, अब कहिले हुन्छ ?
काठमाडौं, भदौ ६ । धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँट हुने मिति सरेको छ । मंगलबार हुने भनिएकोमा अब भने बुधबार मात्र बाँडफाँट हुने भएको हो ।
बिक्री प्रबन्धक सनराईज क्यापिटलका अनुसार केही काम बाँकी रहेकोले मंगलबारको सट्टा बुधबार बाँडफाँट गर्ने बताएको छ ।
आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ ।
यसमा मागभन्दा ७०. २२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ३० हजार ९२९ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १९ लाख २१ हजार ५३१ जनाको भने हात खाली हुनेछ ।
प्रतिक्रिया दिनुहोस्