सिंहदरबारभित्र काम गर्ने अधिकांश कर्मचारीमा उच्च रक्तचाप : महिला र पुरुष कर्मचारीका यस्ता छन् समस्या
काठमाडौं । सिंहदरबारभित्र काम गर्ने अधिकांश कर्मचारीको रक्तचाप उच्च देखिएको छ ।
सिंहदरबारभित्रै रहेको ‘हेल्थ डेक्स’मा जाँच गराउँदा अधिकांश कर्मचारीमा ‘प्राइमरी हाइपरटेन्सन’ अर्थात उच्च रक्तचापको जोखिम देखिएको अशेब दीपक मुडभरीले जानकारी दिए ।।
कर्मचारीमा कामको चाप र तनावले समस्या भएको हुन सक्ने उनले बताए । चिकित्सकले उपचारका लागि आउने कर्मचारीको दैनिकी बुझ्दा दिनभर चियाको भरमा बस्ने गरेको सुनाएका थिए ।
सिंहदरबारभित्र करिब सात हजार कर्मचारी छन् । सिंहदरबारका कर्मचारीमा तनाव, ग्यास्ट्रिक, प्रेसर, आँखा, टाउको दुख्नेजस्ता समस्या बढी देखिएको छ ।
महिला कर्मचारीमा आँखा र टाउको दुख्ने समस्या बढी छ भने पुरुषमा तनाव, ग्यास्ट्रिक र प्रेसरको समस्या बढी देखिएको मुडभरीले बताए ।
चिकित्सकका अनुसार हेल्थ डेस्कमा सेवा लिन आउने कर्मचारी ५० वर्षमाथिका बढी छन् । आजको नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया दिनुहोस्