शेयर बजार राताम्मे , २४ अंकले घट्यो , २ अर्ब ७३ करोडको कारोबार
काठमाडौं, साउन ३१ । लामो समयपछि हिजो सोमवार बढेको शेयर बजार आज मङ्गलवार फेरि दोहोरो अङ्कले घटेर राताम्मे भएको छ ।
शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ८३ अङ्कले घटेर दुई हजार ४१ दशमलव शून्य ६ विन्दुमा झरेको छ ।
सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, उत्पादन, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज दुई सय २१ वटा कम्पनीको ६४ लाख ६ हजार कित्ता शेयर दुई अर्ब ७३ करोड ४८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रोपावर कम्पनीको चार करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज युनिलिभर नेपाल, दोर्दी हाइड्रो र पञ्चकन्यामाई हाइड्रोको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि अपर हेवाखोला हाइड्रो कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्