सयपत्री हाइड्रोपावरको आइपीओ बाँडफाँट भोली , भाग्यमानीले मात्रै पाउने
काठमाडौं, साउन २३ । सयपत्री हाइड्रोपावरको आइपीओ भोली बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल क्यापिटलका अनुसार मंगलबार भोली बिहान १० बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । सयपत्रीको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ ।
हाइड्रोपावरको आइपीओमा १५ लाख २३ हजार ७०३ आवेदनबाट एक अर्ब ७२ करोड ४५ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४५ हजार ८० कित्ता शेयरको लागि आवेदन परेको छ। यो सर्वसाधारणलाई छुट्टाएको ६ लाख ७० हजार ५८६ कित्ताको २५. ७२ गुणा बढी हुन आउँछ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता शेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।
जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ । बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । जसअनुसार ६७ हजार ५८ जनाले मात्र शेयर पाउनेछन् । यसले गर्दा कम्पनीको आइपीओमा आवेदन गर्ने करिब साढे १५ लाख आवेदकको हात खाली हुने छ।
प्रतिक्रिया दिनुहोस्