साउन ३० र ३१ गते कांग्रेसले जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं , साउन २३ । नेपाली कांग्रेसले पार्टीबाट स्थानीय तह निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।

यही साउनको ३० र ३१ गते काठमाडौंमै प्रशिक्षण कार्यक्रम आयोजना गरिने नेपाली कांग्रेसले जनाएको छ ।

बालुवाटारमा सोमबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले प्रशिक्षणको मिति तय गरेको हो ।प्रशिक्षणमा कांग्रेसबाट निर्वाचित देशैभरका जनप्रतिनिधि सहभागी हुनेछन् ।

यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई काठमाडौं बोलाएर प्रशिक्षण दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्