शुक्रबार सेयर बजार ३४ अंकले घट्यो, कारोबार रकम कति ?

काठमाडौं, साउन २० ।  साताको छैटौँ कारोबार दिन शुक्रबार २ घण्टाको कारोबारमा सेयर बजार भारी अंकले घटेको छ ।

यस दिन सेयर बजार नेप्से परिसूचक ३४.८५ अंकले घटेर २११३.३० बिन्दुमा खुम्चिएको छ । यस दिन २१३ कम्पनीको ६४ लाख १४ हजार ६२९ कित्ता सेयर २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९ सय ४७ रुपैयाँमा कारोबार भएको छ ।

यस दिन जोशी हाइड्रोपावर, उपकार लघुवित्त, कालिका लघुवित्त, बलेफी हाइड्रोलगायत कम्पनीको सेयर मूल्य बढेका छन् । त्यस्तै, मैलुङखोला, गुहेश्वरी मचेन्ट, युनाइटेड इदी, आरबी हाइड्रो, सामलिङ पावर लगायत कम्पनीको सेयर मूल्य घटेको छ ।

शिवम् सिमेन्ट, नविल बैंक र हिमालयन डिस्ट्रिलरीलगयात कम्पनीकाे काराेबार बढी भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्