पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग गर्दै राजधानीमा प्रदर्शन
काठमाडौं, साउन १८ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य मूल्य घटेर आएको छ तर नेपालमा भने कार्यान्वयन भएको छैन।
समायोजन गर्नु पर्ने आमनागरिकको माग रहेको छ । सरकारले यसमा कुनै चासो दिएको पाएको छैन । यस कारण आज यसका विरुद्ध काठमाडौंमा प्रर्दशन गरिएको छ ।
भारतबाट घटेर आएपनि सरकारले पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै प्रदर्शन गरिएको हो।पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको भन्दै अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको हो ।
‘जनताको चुलो निभाउन पाइदैन’, ‘परमादेशी सरकार चाहिँदैन’, ‘ग्याँस र पेट्रोलीयम पदार्थको मूल्य वृद्धि फिर्ता गर,’ भन्दै नाराबाजी गरेका छन्।
अनेरास्ववियुले टेकुस्थित नेपाल आयल निगमको कार्यालयअघि प्रदर्शन गरेको हो ।
भारतबाट मूल्य घटेर आएपनि सरकारले पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै प्रदर्शन गरिएको हो। तत्काल घटाउनु पर्ने माग उनीहरुको रहेको छ ।
प्रतिक्रिया दिनुहोस्