मन्दाकिनी हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट हुने

काठमाडौं , साउन १६ । मन्दाकिनी हाइड्रोपावरको आइपीओ मंगलबार  बाँडफाँट हुने भएको छ ।

आफ्नै कार्यालय नारायण नक्साल काठमाडौंमा मंगलबार  दिउँसो ४ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडलले जनाएको छ । । यसको प्री–अलोटमेन्ट आइतबार  सम्पन्न भएको छ । यता, मन्दाकिनी आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।

यो आइपीओमा १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । जसमा १६ लाख १० हजार ९२६ जनाले १ करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १६।५३ गुणा बढी आवेदन हो ।

कम्पनीले साउन ९ गतेबाट १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । यो मध्ये ५५ अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गरेको छ । मन्दाकिनीले कास्की जिल्लामा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्