सरकारले तोक्यो कोभिडको निःशुल्क उपचार गर्ने १७ अस्पताल (सूचीसहित)
काठमाडौं, साउन १६ । सरकारले कोभिड(१९ संक्रमितको निःशुल्क उपचारका लागि देशभरका १७ वटा अस्पताल तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती अस्पतालमा कोभिडका मध्यम तथा गम्भीर अवस्थाका बिरामीको निस्शुल्क उपचार हुनेछ।
कोभिडको निशुल्क उपचार गर्ने सरकारी अस्पतालको संख्या बागमती प्रदेशमा ५ वटा छन्। काठमाडौं उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, वीर अस्पताल महाबौद्ध, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान छन्। यस्तै भरतपुर अस्पताल चितवनले पनि कोभिडका बिरामीको निशुल्क उपचार गर्नेछ।
प्रदेश १ मा विराटनगरस्थित कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले कोभिडको निशुल्क उपचार गर्नेछन्। मधेशका जनकपुर प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल वीरगञ्जमा उपचार हुनेछ।
गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र बागलुङको धौलागिरी अस्पताल रहेका छन्। त्यस्तै लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल र नेपालगन्जको भेरी अस्पताल, कर्णालीमा प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला तोकिएका छन्।
सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल, कैलाली र डडेलधुरा अस्पताल, डडेल्धुरालाई कोभिड(१९ को निस्शुल्क उपचार हुने अस्तपताल तोकिएको छ।
मन्त्रालयले कोभिड १९ को संक्रमितको उपचारबापत यी अस्पताललाई बिरामीको अवस्था र संख्याका आधारमा अनुदान दिने व्यवस्था गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असार ३१ को निर्णयअनुसार कोभिड संक्रमणको मध्यम अवस्था र गम्भिर अवस्था भएका बिरामीको निस्शुल्क उपचार गर्ने निर्णय भएको हो।
प्रतिक्रिया दिनुहोस्