एन आई सी बैंकको “प्रिमियम समुन्नति बचत खाता” संञ्चालनमा , वार्षिक लकर शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं। एन आई सी एशिया बैंकले “प्रिमियम समुन्नति बचत खाता” संञ्चालनमा ल्याएको छ । मुलुक भरिका कुनै पनि बैंकको कुनै पनि एटिएमबाट जति पटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने सुविधा यस खातामा थप सुविधा राखिएको बैंकले जनाएको छ ।

त्यसैगरी, सो खातामा निशुल्क भिसा डेविट कार्ड÷क्रेडिट कार्ड÷मोबाइल बैंकि सेवा÷डिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५० प्रतिशत छुट हुने जनाएको छ ।

साथै मासिक औसत १० लाख भन्दा बढी बचत रहेका ग्राहकलाई घरमै सेवा उपलब्ध गराउने बैंकले दावी गरेको छ ।

खाता खोलि मोबाइल बैंकि सेवा लिए पछि नेपाल टेलिकम वा एनसेलको एक सय रुपैयाँ बराबरको रिचार्ज कार्ड टप अफ समेत निशुल्क प्रदान गरिने छ ।

एक हजार रुपैयाँ न्यूनतम मौन्दातमा खोल्न सकिने सो खातामा बार्षिक ८ प्रतिशतका दरले मासिक ब्याज प्रदान गरिने बैंकले जर्नाको छ ।

ग्राहकहरुलाई ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा समेत निशुल्क प्रदान गरिनेछ । साथै, यस खातामा निशुल्क गुड फर पेमेन्ट चेक जारी गर्न सकिने सुविधा रहेको र ब्यालेन्स सर्टिफिकेट जारी गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्