जनार्दन शर्मा पुन: अर्थमन्त्रीमा नियुक्त

काठमाडौं, साउन १५ ।  जनार्दन शर्मा पुन: अर्थमन्त्रीमा नियुक्त भएका छन्।  राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आइतबार अर्थमन्त्री नियुक्त गरेकाे सितल निवासले जनाएकाे छ।

संसदीय छानबिन विशेष समितिबाट सफाइ पाएका जनार्दनले आजबाट पुनः अर्थको जिम्मेवारी समाल्न लागेका हुन्।

२९ असार २०७८ मा अर्थमन्त्री बनेका शर्मामाथि १४ जेठ २०७९ मा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालय लगेर करका दर हेरफेर गरेको आरोप लागेको थियो।

त्यसबारे छानबिन गर्न समिति बनेकै दिन २२ असारमा शर्माले पदबाट राजीनामा दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्