सेयर बजारमा उत्साह: ५४ अंक बढ्यो , ४ अर्ब ६० करोड रुपैयाँको कारोबार

काठमाडौं, साउन १५ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ ।  योसँगै सेयर बजार परिसूचक नेप्सेमा उत्साह देखिएको छ ।

शेयर बजार परिसूचक नेप्से आज आइतवार ५४ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ९५ दशमलव १० विन्दुमा पुगेको छ ।

आज फाइनान्सबाहेक सबै समूहको शेयर बढेकोमा बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । यस्तै जीवन बीमा समूहको शेयर चार सय १२ र निर्जीवन बीमा कम्पनीको शेयर तीन सय ७४ अङ्कले बढेको छ ।

नेप्से सूचक बढेको दिन दुई सय २० वटा कम्पनीका एक करोड १३ लाख कित्ता शेयर चार अर्ब ६० करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २१ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज नेपाल इन्सुरेन्स, नेको इन्सुरेन्स, आईएमई जनरल इन्सुरेन्स, प्रुडेन्सियल इन्सुरेन्स, एनएलजी इन्सुरेन्स, युनाइटेड मर्दी हाइड्रो, स्वाभिमान लघुवित्त र युनाइटेड इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

समग्र बजार बढे पनि नेपाल हाइड्रो पावर कम्पनी र मल्टिपर्पोज फाइनान्स कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्