पेट्रोलियम ढुवानी व्यवसायीले भोलिदेखि आन्दोलन गर्ने, के छन् मागहरु ?

काठमाडौं, साउन १५ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सोमबारदेखि आन्दोलन गर्ने भएका छन्। देशभरका पेट्रोलियम ढुवानी व्यवसायी भाडा समायोजन नगरेको भन्दै आन्दोलित भएका हुन्।

उनीहरुले भाडा समायोजनका लागि आजसम्मको समयसीमा दिएका थिए।
यही साउन ६ गते बसेको महासंघको बैठकले १५ गतेसम्म ढुवानी भाडा वृद्धि गर्न माग गरेको थियो। तर आजसम्म माग पूरा नभएपछि भोलिदेखि हवाइ इन्धन ढुवानी गर्ने ट्यांकरले देशभर पीडीओ नलिने र लोड नगर्ने भएका छन्।

त्यस्तै २० गतेबाट राज्यभरका सम्पूर्ण पेट्रोलियम ढुवानी ट्यांकरले पीडीओ नलिने र लोड नगर्ने भएका छन्। २१ गतेबाट सबै ट्यांकर लोड र अनलोड नगर्ने महासंघले निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्