अर्थमन्त्रीमा पुनः शर्मा नै नियुक्त हुँदै, साँझ शपथ ग्रहण
काठमाडौं , साउन १५ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
आइतबार बिहान बालुवाटारमा भएको भेटवार्तामा देउवा र प्रचण्डबीच अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै पुनः नियुक्ति गर्ने सहमति भएको माओवादीका एक नेताले जानकारी दिए ।
शर्माको आजै साँझ शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।आर्थिक वर्ष २०७९/ ०८० को बजेट पेश गर्ने अघिल्लो दिन गत जेठ १४ गते राती अर्थमन्त्रालयमा करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले गत असार २२ गते पदबाट राजीनामा दिएका थिए ।
सोही दिन शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो । तर, समितिले शर्मालाई निर्दोष ठहर गरेको थियो । शर्माको राजीनामा माग गर्दै चर्को दबाब परेको थियो ।
प्रतिक्रिया दिनुहोस्