सेयरबजार ४४ अंकले घट्यो, ३ अर्बमाथिको कारोबार

काठमाडौं , साउन १० ।  सेयरबजारमा ४४ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से लगातार २ दिन बढेपछि तेस्रो दिन घटेर पुनः २ हजार विन्दुमा झरेको हो। सेन्सिटिभ सूचक पनि आज ८.९९ अंकले घटेको छ।

यद्यपि कारोबार रकम अघिल्लो दिनभन्दा कम भए पनि ३ अर्ब माथि छ। २२२ कम्पनीको कारोबार भएकामा ८७ लाख कित्ता सेयर बिक्री भएका छन्।

६० हजार पटकको खरिदबिक्रीमा उक्त कारोबार भएको नेप्सेले जनाएको छ। आज १३ वटै उपसूचक राताम्य भएका छन्। कमाउने लगानीकर्ताले ९.३२ प्रतिशतसम्म र गुमाउनेले ६.८२ प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ।

सर्वाधिक कारोबार आज शिवम् सिमेन्टकै छ। कम्पनीको १९ करोडको कारोबार भएको हो।

प्रतिक्रिया दिनुहोस्