नेपालमा बढ्दै कोरोना , थप ४३५ जनामा संक्रमण पुष्टि

काठमाडौँ, साउन ५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ हजार ६६७ पीसीआर तथा १ हजार ९०२ एन्टिजेन परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ५५४ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै बिहीबार ५६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २ हजार ५ सय ३५ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्