नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम कति ?

काठमाडौं , असार ३० ।   विहिबार नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से सूचक १४.७१ अंकले बढेर २००१.५३ विन्दुमा पुगेको हो ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स १.७७ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.१० र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६३ अंकले बढेको छ ।

त्यस्तै विहिबार २२० कम्पनिको ६२ लाख १० हजार ९०८ कित्ता शेयर कारोबार हुदा कुल २ अर्ब ४१ करोड १८ लाखको कारोबार भएको छ ।

त्यसैगरी आज एनआइबिएल प्रगति फण्डको शेयर मुल्यमा सबैभन्दा बढी ९.९८ प्रतिशतले बढेको छ भने प्रभु सेलेक्ट फण्डको शेयर मुल्य ७.९७ प्रतिशतले बढेको छ ।

त्यस्तै आज प्रुडेन्सियल इन्सुरेन्सको शेयर मुल्य सबैभन्दा बढी ५.०१ प्रतिशतले घटेको छ ।

आज कारोबार भएका कम्पनिहरुमा एनआइसी एशियाको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको आज ३० करोड १८ लाखको कारोबार भएको छ भने अपर तामाकोशीको १४ करोड १३ लाखभन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्