सेञ्चुरी बैंक र प्रभु लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड बिच मंगलवार बैंकास्योरेन्सको सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र प्रभु लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किसोर प्रसाद लामिछानेले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी गर्न लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्